देश/प्रदेश

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

By खबरहब

May 02, 2024

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच नेता दिल्ली गएका छन् ।

भारतमा जारी लोकसभाका लागि चुनावी अभियान हेर्न भाजपाले नेपालका ५ दललाई निम्तो पठाएको थियो । ।

नेपालबाट नेपाली कांग्रेसका नेता उदय शमसेर जबरा, एमाले उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रका नेता मातृका यादव, रास्वपाका शिशिर खनाल र जनमत पार्टीका डा. जयकान्त राउत भारत गएका हुन् ।

भाजपाले उपेन्द्र यादव नेतृत्वको जसपा र महन्थ ठाकुर नेतृत्वको लोसपालाई नबोलाएर सीके राउत नेतृत्वको जनमत पार्टीलाई दिल्लीमा स्वागत गरेको छ ।

भाजपाले नेपालका ५ पाँचसहित विश्वका १८ दलका नेताहरूलाई चुनावी अभियान हेर्न निम्तो पठाएको थियो ।