समाचार

दुई युवा सवार तीव्र गतिको मोटरसाइकल जब घरको भित्तामा ठोक्कियो

By खबरहब

May 02, 2024

चितवन – चितवनको रत्ननगर नगरपालिकामा तीव्र गतिको मोटरसाइकल घरमा ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा रत्ननगर नगरपालिका–३ बन्सी निवासी २२ वर्षीय जीवन चौधरी र त्यही ठाउँका १८ वर्षीय सुमित महतो छन् ।

बुधबार राति ११:५५ बजे रत्ननगर–४ वडा कार्यालयनजिक भित्री सडकखण्डमा जीवनले चलाएको ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सुमन गदालको घरको भित्तामा ठोक्किएको थियो।

मोटरसाइकल घरको भित्तामा ठोक्किपछि गम्भीर घाइते चालक जीवन र पछाडि सवार सुमितको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले बताए ।

मोटरसाइकल ठोक्किएर घरको भित्तामा पनि क्षति पुगेको भण्डारीले बताए । घटनाबारे इलाका प्रहरी कार्यालय टाँडीले अनुसन्धान गरिरहेको छ ।