विज्ञान/प्रविधि

चिनियाँ अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण

By खबरहब

June 02, 2024

काठमाडौं– चीनको मानवरहित चाङ इ–६ अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा सफल अवतरण गरेको छ ।

चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए) ले उक्त यान बेइजिङ समयअनुसार आइतबार बिहान ६ बजेर २३ मिनेटमा दक्षिणी ध्रुव एटकेन बेसिनमा अवतरण गरेको जनाएको छ ।

योसँगै चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने चीन विश्वको पहिलो राष्ट्र बनेको छ ।

यो एक अप्रत्याशित ठाउँ हो जहाँ कोही पनि जान प्रयास गरेका थिएनन् । मे ३ मा सुरु भएको यो अभियानले इतिहासमा पहिलो पटक यस क्षेत्रबाट बहुमूल्य चट्टान र माटो सङ्कलन गर्ने लक्ष्य राखेको छ।

यसअघि सन् २०१९ मा चीनले आफ्नो चाङ्इ–४ यान चन्द्रमामा अवतरण गराएको थियो ।