समाचार

माधव नेपालले भने : मधेस प्रदेश सरकार बनाउन छलफल गर्दैछौँ

By खबरहब

June 02, 2024

काठमाडौं- सत्ता साझेदार नेपाल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मधेस प्रदेशमा सरकार बनाउनेबारे आफूहरू छलफलमा रहेको बताएका छन् ।

पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले मधेस प्रदेशमा सरकार बनाउनेबारे छ्लफल चलिरहेको बताए ।

उनले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदा सत्ता गठबन्धनमा कुनै छलफल नतभएको बताएका छन् ।

‘जसपा विभाजनका क्रममा सत्ता गठबन्धनमा कुनै छलफल थिएन’, उनले भने, ‘मैले शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि त्यही भनेको छु ।’

अध्यक्ष नेपालले पार्टी संस्थागत रुपम चलिरहेको पनि जिकिर गरेका छन् । उनले अब पार्टी महाधिवेशनउन्मुख भइसकेको पनि बताए ।

‘पार्टी महाधिवेशनउन्मुख भइसकेको छ । मधेसमा सरकार बनाउनेबारे कुरानकानी भइरहेको छ । पार्टीमा के छलफल हुन्छ, हामी त्यही अनुसार अगाडि बढ्छौँ’, उनले भने ।