राजनीति

झलनाथ भन्छन् : अब देश समाजवादी क्रान्तितिर अघि बढ्छ

By खबरहब

June 02, 2024

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले दशौँ महाधिवेशनपछि आफूहरू नयाँ धारसहित अघि बढ्ने बताएका छन् ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यसो भनेका हुन् ।

‘कम्युनिस्ट पार्टीको यथास्थितिवादलाई समाजवाद उन्मुख बनाउने दिशामा जान्छौँ’, उनले भने, ‘महाधिवेशनपछि पार्टी नयाँ धारमा अगाडि बढ्ने छ । महाधिवेशमा ४ वटा दस्तावेज प्रस्तुत हुने छन् ।’

खनालले देश अब समाजवादी क्रान्तिमा अगाडि बढ्ने बताए । ‘यो महाधिवेशनले समाजललाई रुपान्तरणको काम गर्छ’, उनले भने, ‘अन्तिम प्रयत्नका लागि हामी छलफल गर्छौँ । नेपाली कम्युनिस्ट आन्दोलनलाई यसले नयाँ दिशानिर्देश गर्छ ।’