समाचार

समयमै पार्टीको महाधिवेशन हुन्छ : एकीकृत समाजवादी

By खबरहब

June 02, 2024

काठमाडौं- नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन समयमै हुने कुरामा दुबिधा नरहेको प्रस्ट पारेको छ ।

आज बानेश्वरका आयोजित पत्रकार सम्मेलनपछि खबरहबसँग कुरा गर्दै पार्टीका सम्मानित नेता झलनाथ खनाल र पार्टी अध्यक्ष माधव नेपालले अव महाधिवेशन नसर्ने दाबी गरेका हुन् ।

एकीकृत समाजवादी पार्टीको १० औँ महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने छ । सो महाधिवेशनका लागि पार्टीले हल समेत बुक गरिरहेको प्रचार विभाग सदस्य लेखनाथ खतिवडाको भनाइ छ ।

पछिल्लो समय महाधिवेशनमा झलनाथ खनाल र माधव नेपालबीच अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धा हुने बताइएको छ ।

खनाल अध्यक्षका दाबेदार रहँदा सहमति जुटाउन नेपालले महाधिवेशन सार्न सक्ने धेरैले आंकलन गरेका छन् ।

तर आइतबार नेपालले समयमै महाधिवेशन गर्न तयारी जुटेको बताए ।

यस्तै, नेता खनालले अब कुनै पनि हालतमा महाधिवेशन नसर्ने बताए ।