समाचार

मुम्बईबाट आएका यात्रुको ट्राउजरभित्र आधा केजी सुन

By खबरहब

June 02, 2024

काठमाडौं- भारतको मुम्बईबाट आइतबार काठमाडौं उत्रिएका यात्रुले लगाएको ट्राउजरबाट आधा किलोग्राम सुन बरामद भएको छ ।

इन्डिगो एअरलाइन्सको उडान नम्बर ६ इ ११५७ बाट आइतबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा उत्रिएका गुल्सन पाण्डेले लगाएको पाइजामा भित्र आधा केजी सुन बरामद भएको हो ।

पाण्डेले पाइजामाको भित्री भागमा लेपन गरेर लुकाएको अवस्थामा ५९८ ग्राम सुन फेला परेको त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।

उनले विमानस्थलको अध्यागमन कार्यालयमा भारतीय मतदाता कार्ड नम्बर आरआईएन ३२२२४७ देखाएका थिए । भन्सार चेकजाँचबाट छिरेर विमानस्थलबाट बाहिरिने क्रममा उनी पक्राउ परेका हुन् । उनलाई अहिले प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ ।