देश/प्रदेश

सर्वोच्चले जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने

By खबरहब

June 02, 2024

काठमाडौं – सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको मुद्दामा आगामी साउन १३ गते निर्णय सुनाउने भएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आगामी असार २१ गते बहस नोट पेस गर्ने र साउन १३ निर्णय सुनाउने गरी मिति तय गरेको हो ।

पूर्वमन्त्री जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा २०६० सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतकोे फैसलाविरुद्ध जोशीले २०६९ फागुनमा सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेका थिए ।