समाचार

एमाले सचिवालय बैठक बस्दै, कांग्रेससँगको समीकरणबारे छलफल हुने

By खबरहब

July 02, 2024

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

नेकपा माओवादी केन्द्रसँगको सहकार्य तोडेर नेपाली कांग्रेससँग नयाँ समीकरणका लागि गएराति सहमति भएसँगै पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

कांग्रेस र एमालेबीच गएराति आलोपालो सरकारको नेतृत्वदेखि संविधान संशोधन लगायत सात बुँदामा सहमति भएको छ ।

सहमति अनुसार पहिलो चरणमा डेढ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली र त्यसपछि बाँकी कार्यकालका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन एमालेले आग्रह गरिसकेको छ ।