फाइल फोटो

शिक्षा

एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

By खबरहब

July 02, 2024

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा (ग्रेडवृद्धि) को समय तालिका सार्वजनिक गरेको छ ।

बोर्डले आज सूचना जारी गर्दै २०८० साल चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार पूरक परीक्षा साउन २३ गतेदेखि साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ ।