समाचार

प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटारमा

By खबरहब

July 02, 2024

काठमाडौं– नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

कांग्रेससँग गएराति सहमति भएसँगै नयाँ सत्ता समीकरणबारे प्रचण्डलाई जानकारी दिन ओली बालुवाटार गएका हुन् ।

भेटका क्रममा ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने एमालेले जनाएको छ ।

यसअघि हिजो पनि ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । हिजोको भेटका क्रममा ओलीले राष्ट्रिय सहमतिको सरकारका लागि आफूलाई सहयोग गर्न प्रस्ताव गरेका थिए ।

कांग्रेस–एमालेबीच भएको सहमतिमा पहिलो डेढ वर्ष ओली र त्यसपछिको बाँकी अवधि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।