समाचार

प्रचण्ड लक्षित बाबुरामको स्टाटस– ‘सधैँभरी ठग्न सकिन्न’

By खबरहब

July 02, 2024

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै सधैँभरी भरी ठग्न नसकिने टिप्पणी गरेका छन् ।

कांग्रेस–एमालेसँगको सहमतिपछि सामाजिक सञ्जाल एक्स मार्फत डा. भट्टराईले भनेका छन्– ‘केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैँभरी ठग्न सकिन्न ।’ सन्दर्भ बुझौँ ।

आफ्नो निर्वाचन क्षेत्र गोरखा प्रचण्डका लागि छोडेका डा. भट्टराईको पछिल्लो समय प्रचण्डसँग सम्बन्ध बिग्रिएको छ ।

उनले पछिल्ला दिनहरुमा प्रचण्डको आलोचना गर्दै आएका छन् । खासगरी नेसपालाई विभाजित गरेर माओवादीमा विलय गराएपछि बाबुराम प्रचण्डसँग आक्रोशित छन् ।