राजनीति

कांग्रेस–एमाले गठबन्धनमा रास्वपा सहभागी नहुने

By खबरहब

July 02, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेस–एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।

आज बिहान बसेको पार्टीको सचिवालय बैठकले कांग्रेस–एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जनाकारी दिए ।

उनले नयाँ सरकार गठनको प्रक्रिया सुरु भएपछि वर्तमान सरकारबाट बारिने बताए । उनले नयाँ बन्ने सरकारमा पार्टी सहभागी नहुने निर्णय भएको समेत बताए ।

सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्‌बाट बाहिरिने उनले बताए ।