राजनीति

राजीनामा नदिने कुरा सुनाउन प्रधानमन्त्री शीतल निवास पुगे

By खबरहब

July 02, 2024

काठमाडौं– माओवादी पदाधिकारीको बैठक सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास हिँडेका छन्।

शीतल निवास पुगेर पौडेललाई उनले राजीनामा नदिने जानकारी गराउन लागेका हुन्।

सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएका कारण उनले ३० दिनभित्रमा विश्वासको मत लिन लागेका हुन्

यो सँगै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसङ उनले वर्तमान राजनीतिक परिवर्तनको बारेमा छलफल गर्ने बताइएको छ।

माओवादी स्रोतका अनुसार अनुसार पनि प्रचण्डले राजीनामा दिने तयारी भने गरेका छैनन्।

तर केही माओवादी पदाधिकारीले भने शीतल निवासमा गएर प्रचण्डले राजीनामाको तयारी गर्ने समेत दाबी गर्छन्।

तर माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार उनीले तत्काल राजीनामा दिँदैनन् ।

उनले आफूले राजीनामा नदिने र ३० दिनभित्रमा संविधानअनुसार विश्वासको मत लिने बारेमा जानकारी गराउन शीतल निवास गएको उनको सचिवालयको पनि भनाइ छ।