तस्बिर एएफपी

अन्तर्राष्ट्रिय

पाकिस्तान र इरानबाट एक लाख बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

By खबरहब

July 02, 2024

एजेन्सी– पाकिस्तान र इरानबाट गत एक महिनामा एक लाख १५  हजार अफगानी शरणार्थी स्वदेश फर्केका छन् ।

अफगानी नागरिक पाकिस्तान र इरानबाट स्वदेश फर्केको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । 

मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीका अनुसार स्वदेश फर्केका मानिसहरूलाई नगद र खाना वितरण गरिएको थियो  ।

रिपोर्टका अनुसार २.५ मिलियन भन्दा बढी अफगानी शरणार्थीहरू पाकिस्तानमा बसिरहेका छन् भने लगभग समान सङ्ख्या इरानमा पनि रहेका छन् ।

अफगान कार्यवाहक सरकारले विदेशमा रहेका अफगान आप्रवासीहरूलाई घर फर्कन र आफ्नो युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान गर्न आग्रह गर्दै आएको छ ।