राजनीति

गिरिजाप्रसादको फोटो प्रदर्शनी हेर्न सानेपामा प्रचण्ड (तस्बिरहरू)

By खबरहब

July 02, 2024

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।

कांग्रेसको सञ्चार विभागद्वारा पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी अवलोकन गर्न उनी सानेपा पुगेका हुन् ।

गत फागुन २० गतेसम्म सत्ता सहयात्रा गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले दाहाललाई फोटो प्रदर्शनीस्थल घुमाए ।

तर सोमबार राति फेरि एमाले र कांग्रेस मिलेर प्रचण्डलाई सत्ताबाहिरको बाटो देखाउने निर्णय गरिसकेका छन् ।

तस्बिरहरू : प्रदीपराज वन्त