समाचार

युवा संघले महिलाको प्रतिनिधित्व नगराएको भन्दै विरोध 

By खबरहब

July 02, 2024

काठमाडौं– युवा संघको भागमा आठ जना प्रतिनिधि परेको तर सबै पुरुष पुरुष प्रतिनिधि भएकाले महिलाको प्रतिनिधित्व नभएको भन्दै युवा संघका नेत्रीहरुले विरोध जनाएका छन् । विरोधमा उनीहरूले नाराबाजीसमेत गरिरहेका छन्।

युवा संघको केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्य नारायणी ओली र   बबिता पाण्डे युवा संघको स्थायी कमिटी सदस्य सदस्यले कार्यक्रम स्थलमा नाराबाजी समेत गरेका छन्।

युवासँग झलनाथ निकट संयोजक कृष्ण बिके छन् भने माधव नेपाल निकट संयोजक निशेष पौडेल छन्। उनीहरूले पठाएको तर महिलालाई एकजनालाई पनि समावेश नगरिएको उनीहरूको भनाइ  छ । 

युवा सङ्घको स्थायी कमिटी सदस्य नारायणी ओलीका अनुसार हिजो नै महिला प्रतिनिधि नभएको भन्दै उनीहरूले पत्र काटेका थिए तर त्यसले त्यसलाई वास्ता  वास्ता नगरिएको बताइन्।