तस्बिर एपी

केन्यामा कर वृद्धि विरोधी प्रदर्शनमा ३९ जनाको मृत्यु, ३६१ घाइते

By खबरहब

July 02, 2024

एजेन्सी– कर वृद्धिसम्बन्धी नयाँ विधेयकको विरोधमा केन्यामा भएको सरकार विरोधी प्रदर्शनमा ३९ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

केन्या राष्ट्रिय मानव अधिकार आयोग (केएनसीएचआर) ले सोमबार मृतकको सङ्ख्या ३९ पुगेको घोषणा गरेको हो । 

केएनसीएचआर रेकर्डले ‘देशव्यापी विरोध प्रदर्शनको सम्बन्धमा’ ३९ जनाको मृत्यु र ३६१ जना घाइते भएको संकेत गरेको छ । यो तथ्यांकले जुन १८  देखि जुलाई १ सम्मको अवधिलाई समेटेको आयोगको विज्ञप्तीले जनाएको छ । 

अधिकांश युवा प्रदर्शनकारीहरूको नेतृत्वमा आयोजित शान्तिपूर्ण कर–विरोधी र्‍याली गत हप्ता संसदले विवादास्पद कानून पारित गरेपछि घातक हिंसाको स्तब्धकारी दृश्यमा परिणत भएको थियो ।