समाचार

नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध

By खबरहब

July 02, 2024

चितवन– नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ । 

सडक डिभिज कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेज नजिक ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।

दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाइज भएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने डिभिजन सडकले जानकारी दिएको छ ।