समाचार

राप्रपा संविधान संशोधनको पक्षमा उभिने

By खबरहब

July 02, 2024

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले परिस्थितिको मूल्यांकन गर्दै संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ। 

राजनीतिक घटनाक्रमले नयाँ मोड लिएपछि मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले परिस्थितिको मूल्यांकन गर्दै संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको हो । 

पदाधिकारी बैठकमा सहभागी राप्रपाका प्रमुख सचेतकसमेत रहेका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘परिवेश परिस्थिति मूल्यांकन गरेर संविधान संशोधनको पक्षमा उभिन्छ ।’

पदाधिकारी बैठकले नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनअनुसार गठन हुने सरकारमा सहभागी हुनेबारेमा भने कुनै निर्णय नगरेको शाहीले बताए । 

प्रमुख सचेतक शाहीले पार्टीका तर्फबाट आफू कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको छलफलमा सहभागी हुने पनि जानकारी दिए । देउवाले मंगलबार हाल प्रतिपक्षमा रहेका सबै दलहरुलाई छलफलका लागि बूढानिलकण्ठ बोलाएका छन् ।