समाचार

पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा

By खबरहब

July 02, 2024

पोखरा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ ।

मंगलबार अख्तियारले पोखरा महानगरको कार्यालयमा छापा मारेर कागजातहरू नियन्त्रणमा लिएको हो ।

पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजश्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छापा मारेको हो । 

अख्तियारले सोही उजुरीको आधारमा छापा हानेर कागजातहरू नियन्त्रणमा लिएको छ ।