राजनीति

विपक्षी नेतासँग देउवाले मागे सहयोग, नयाँ समीकरणमा मिसिन आग्रह

By खबरहब

July 02, 2024

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेताहरूबीचको बैठक सकिएको छ । मंगलबार साँझ बसेको बैठकमा देउवाले सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सहमतिबारेमा नेताहरूलाई ब्रिफिङ गरेका छन् ।

उक्त बैठकमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला सहभागी थिए ।

त्यसैगरी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला पनि थिए ।

बैठकमा देउवाले एमालेसँग मिलेर नयाँ सरकार बनाउन लागेकाले साथ दिन आग्रह गरे ।

जवाफमा राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो दल संविधान संशोधनको पक्षमा रहेको भन्दै साथ दिने बताएको दाबी स्रोतले गरेको छ । मधेशवादी दलका नेताले पनि साथ दिने आश्वासन दिएको स्रोतले उल्लेख गरेको छ।