अन्तर्राष्ट्रिय

महाकुम्भ मेलामा उत्तर प्रदेश सरकारले एआईको प्रयोग गर्ने

By खबरहब

July 02, 2024

काठमाडौं– सन् २०२५ मा प्रयागराजमा हुने महाकुम्भ मेलामा उत्तर प्रदेश सरकारले कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग गर्ने भएको छ ।

प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भीड नियन्त्रणका लागि एआई प्रविधिको प्रयोग गर्न प्रहरीलाई निर्देशन दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

महाकुम्भ मेलामा अभूतपूर्व सङ्ख्यामा मानिसहरको उपस्थिति हुने भएकाले त्यसको व्यवस्थापनका लागि अत्याधुनिकप्रविधिको प्रयोग आवश्यक रहेको मुख्यमन्त्री योगीलाई उद्धृत गर्दै आइएएनएसले उल्लेख गरेको छ ।

मेलामार्फत उत्तर प्रदेश र भारतको छविलाई विश्वमाझ विस्तार गर्न सकिने योगीको विश्वास छ । सोही कारण पनि श्रद्धालु र अतिथिलाई व्यवस्थित एवम् सुरक्षित रुपमा मेलाको दर्शन गराउन आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।