अन्तर्राष्ट्रिय

भारतको यूपीमा भागदौड मच्चिँदा मर्नेको सङ्ख्या १०० नाघ्यो

By खबरहब

July 02, 2024

एजेन्सी– भारतको उत्तर प्रदेश (यूपी)मा सत्सङ्ग चलिरहँदा मच्चिएको भागदौडमा परेर मर्ने मानिसको सङ्ख्या १०० नाघेको छ । उत्तर प्रदेशको हाथरसमा पछिल्लो मानवीय हताहती भएको हो ।

प्रदेश प्रहरीको आगरा जोन एडीजी कार्यालयले शवलाई कयौं स्थानमा लगिएकाले मानवीय क्षति अझै एकीन हुन नसकेको जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले सो भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन्‌ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाथरस घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई दुई लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँ राहत दिने बताएका छन्‌ ।