अन्तर्राष्ट्रिय

भारतमा ग्रामीण भेगका जनालाई डिजिटल साक्षरता प्रदान

By खबरहब

August 02, 2024

 काठमाडौँ– भारतमा ग्रामीण भेगका ६ करोड ३९ लाख जनतालाई डिजिटल साक्षरता प्रदान गरिएको छ । भारतका विद्युतीय सूचना प्रविधि राज्यमन्त्री जितिन प्रसादले ग्रामीण भेगका ६ करोड ३९ लाख जनालाई तालिम दिइएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ग्रामीण डिजिटल साक्षरता अभियानअन्तर्गत ७ करोड ३५ लाख जनालाई भर्ना गरिएको र तीमध्ये ६ करोड ३९ लाखलाई तालिम प्रदान गरिएको उनले जानकारी दिए । तीमध्ये ४ करोड ७८ लाख जनालाई प्रमाणपत्र समेत दिइसकिएको उनको भनाइ छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार डिजिटल साक्षरता अभियानमा सहभागी हुनेलाई २० घण्टाको कोर्स दिइएको छ । 

अभियानमा सहभागीले डिजिटल उपकरणको प्रयोग, इन्टरनेट इन्टरनेटका माध्यमबाट सूचना आदान प्रदान एवम् डिजिटल कारोबारका बारेमा जानकारी प्राप्त गरेको एएनआईले जनाएको छ ।