समाचार

सुनकोशीमा झोलुङ्गे पुल बनेपछि डुंगा चढेर वारपार गर्नुपर्ने बाध्यता हट्यो

By खबरहब

August 02, 2024

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । 

पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त  तीन करोड ५० लाख लगानीमो पुल निर्माण भएको हो । 

पुल सञ्चालनमा आउनुअघि साबिकको डिकुवा–३ बाइटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका बासिन्दा जोखिम मोलेर डुङ्गाबाट नदी तर्दै आएका थिए ।

 पुलका दुवै विन्दुमा कच्ची सडक पनि निर्माण भएको छ । यसबाट डिकुवाका सर्वसाधारण लाभान्वित भएका छन् ।