समाचार

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

By खबरहब

August 02, 2024

काठमाडौं– आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै आइतबार रातो मत्स्येन्द्रनाथ (मछिन्द्रनाथ) को भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।