समाचार

दरबारमार्गमा मेहेन्दी र श्रावणका पोशाकको मेला (तस्बिरहरू)

By खबरहब

August 02, 2024

काठमाडौं- काठमाडौंमा शुक्रबारदेखि दुई दिने श्रावण मेला सुरु भएको छ । श्रावण महिनामा लगाइने मेहेन्दी र अन्य पोशाकबारे जानकारी दिन यो मेला दरबारमार्गमा सुरु भएको हो ।

दरबारमार्गस्थित अन्नपूर्ण प्याभिलियनमा सुरु भएको मेलाको मिस नेपाल २०१३ इशानी श्रेष्ठले उद्घाटन गरेकी छन् । मेला शनिबारसम्म चल्नेछ ।

मेलामा मेहेन्दी बुथ, गेम स्टल, फुड स्टलका साथै लाइभ म्युजिक पनि राखिएको छ ।