राजनीति

प्रतिनिधिसभाको बैठक एक दिनपछि सर्‍यो

By खबरहब

August 02, 2024

काठमाडौं–  प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ ।

आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक साउन २१ गते सोमबार दिउँसो १ बजे बस्ने गरी तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

सचिवालयद्वारा बैठक बस्ने दिन र समय परिवर्तनसम्बन्धी जारी सूचनामा आइतबार सार्वजनिक बिदा परेकाले उक्त दिन सो समयमा सभाको बैठक बस्न नसक्ने उल्लेख गरिएको छ ।