अन्तर्राष्ट्रिय

भारतले सिरियालाई दियो १४ सय किलो क्यान्सरविरुद्धको औषधि

By खबरहब

September 02, 2024

काठमाडौं- भारतले द्वन्द्वग्रस्त मुलुक सिरियालाई क्यान्सरको औषधि प्रदान गरेको छ । भारतले सिरियालाई १४ सय किलो क्यान्सरको औषधि प्रदान गरेको भारतको आवाज मिडियाले जनाएको छ ।

मानवीय सहायताका रूपमा सिरियालाई उक्त परिमाणको औषधि प्रदान गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

यसै वर्षको मे महिनामा सिरियाली प्रथम महिला आस्मा असदलाई ल्युकेमिया नामक रगतको क्यान्सर भएको पत्ता लागेको थियो । त्यसअघि सन् २०१९ मा पनि उनी स्तन क्यान्सरबाट निको भएकी थिइन् ।

यसबाट क्यान्सरविरुद्ध लड्न सिरिया सरकारलाई मद्दत पुग्ने भारतको विश्वास छ । दुई मुलुकबीचको सम्बन्ध ऐतिहासिक एवम् जनस्तरको रहेको भन्दै भारतले पछिल्ला केही वर्षयता सिरियाली युवाको क्षमता अभिवृद्धिका लागि पनि कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।