समाचार

इजरायल र हमासबीच युद्धविराम गराउन पहल गर्छु : प्रस्तावित राजदूत पण्डित

By खबरहब

September 02, 2024

काठमाडौं – इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डितले इजरायल र हमास बीच युद्धविराम गराउन पहल गर्ने बताएका छन् ।

सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले इजरायल र हमासबीच युद्धविराम गराउनका लागि कूटनीतिक पहल गर्ने बताएका हुन् ।

साथै उनले कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा केन्द्रित भएर काम गर्ने बताए । बैठकमा उनले सबै प्रदेशमा इजरायलसँग सहकार्य गरेर कृषि केन्द्रमार्फत सहकार्यमा काम गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘इजरायल र हमासबीच युद्धविराम गराउनका लागि कूटनीतिक पहल गर्नेछौं । मेरो कलेक्सन भएर काम गरेँ भने देशलाई केही न केही अहिलेको उपलब्धि देखाएर कम्तीमा २, नभए सबै राज्यमा कृषि केन्द्र बनाएर संयुक्त रूपमा काम गर्न सक्यौँ भने इजरायली टेक्नेसियन पनि ल्याएर काम गर्नेछौँ । ’