आर्थिक

प्रि ओपन सेसन : ६ अंकले बढ्यो नेप्से

By खबरहब

October 02, 2024

काठमाडौं– प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.१६ अंकले बढेको छ । मंगलबार ११४ अंकले बढेको नेप्से आज प्रि सेसनमा पनि बढेको हो ।

सेसन अवधिमा मा ५६ लाख ४५ हजार ६४८ रुपैयाँ बराबरको १० हजार ७७५ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनमा ५२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।