खेलकुद

एभरेष्ट महिला भलिबल काठमाडौंले गण्डकीलाई हरायो

By खबरहब

October 02, 2024

काठमाडौं – जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौं स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ ।

बुधबार राति सम्पन्न खेलमा काठमाडौंले गण्डकीलाई ३–१ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट काठमाडौं २५–२३ ले जितेको थियो भने दोस्रो सेट गण्डकीले २५–१९ ले जितेको थियो । त्यसपछि तेस्रो सेट काठमाडौँले २५–२१ र चौथो सेट २५–१६ ले जितेको थियो ।

योसँगै काठमाडौंले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । काठमाडौंको ३ खेलमा ६ अंक भएको छ । त्यस्तै गण्डकीले भने लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।