मनोरञ्जन

१६ बर्षपछि पर्दामा निरुता सिंह र उत्तम प्रधानको जोडी

By खबरहब

October 02, 2024

काठमाडौं – अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानको जोडी नेपाली चलचित्र क्षेत्रमा सुपरहिट जोडी हो। सफल चलचित्रमा अभिनय गरेको यो जोडी १६ बर्ष पछि संगै देखिएका छन्।

उत्तम र निरुताले ‘यो जुनी यस्तै भो’मा संगै अभिनय गरेका छन्। रचनाकार बबी लिम्बूले आफ्नो स्वर्गीय श्रीमान प्रति समर्पित गरेर कोरेका शब्दमा हरि लम्सालको संगीत र केशब भावुकको स्वर रहेको छ।

कर्णप्रिय अडियोको भिडियो निकै भावुक बनेको छ। मिराज अर्यालले निर्देशन गरेको भिडियोमा उत्तम र निरुताको साथमा यसोधा रुचाल र आलोक अर्यालको अभिनय रहेको छ ।