स्टोरी

नेपाल संवत ११४५ को स्वागत (तस्बिरहरु)

By खबरहब

November 02, 2024

काठमाडौं– नेपाल संवत ११४५ नयाँ वर्षको स्वागतमा नेवार समुदायले बिहान राजधानीको वसन्तपुरमा सांस्कृतिक पहिरनसहित र्‍याली निकालेका छन् ।

नेपाल  संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गरेका थिए।