काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिकमा माल्यार्पण गरेका छन् ।
शनिबार भक्तपुरको थिमीमा नेपाल संवत् नयाँ वर्ष ११४५ को अवसरमा शङ्खधर प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री ओली मुलुकभित्रको सांस्कृतिक कला, संस्कृति र सम्पदाको सवै मिलेर जगेर्ना गर्नुपर्ने बताए । उनले पाठ्यक्रममा ऐच्छिक बिषयको रुपमा नेपाल भाषालाई समावेश गर्न आवश्यक प्रबन्ध गर्ने धारणा राखे ।
शङ्खधर साख्वाको कामले सुरु भएको नेपाल सम्वतलाई आगामी दिनमा पनि ऐतिहासिक रुपमा मनाइने उनले बताए ।
तत्कालीन अवस्थाको कान्तिपुर इलाकामा बस्ने साख्वाले गरीब नेपालीलाई ऋणमुक्त गराएको इतिहासविद्हरूको भनाइ छ । वि.सं. ९३७ मा कान्तिपुर र भादगाउँका जनताको ऋण तिरेर नेपाल सम्बतको थालनी गरेको बताइदै आइएको छ ।