जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङमा कर्णाली याक्स, देव खनाल १ र शिखर धवन १४ रनमा आउट | Khabarhub Khabarhub

एनपीएल क्रिकेट

जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङमा कर्णाली याक्स, देव खनाल १ र शिखर धवन १४ रनमा आउट


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको तेस्रो खेलमा अहिले कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

आफ्नो पहिलो खेलमा विराटनगर किङ्सलाई हराएको जनकपुर अहिले भारतीय चर्चित क्रिकेटर शिखर धवनसहित उत्रिएको कर्णाली एक्ससँग भिड्दैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेल मैदानमा भइरहेको खेलमा पहिले ब्याटिङ थालेको कर्णाली याक्सले सुरुवाती धक्का ब्यहोरेको छ ।

उसका ओपपनर देव खनाल र शिखर धवन सस्तैमा आउट भएका छन् । खनाल ५ बलमा १ रन बनाउँदै आउट भए । यो खेलका मुख्य आकर्षण नै शिखर धवन थिए ।

अर्कातिर एनपीएको पहिलो खेल खेलिरहेका शिखर धवन पनि सस्तैमा आउट भएका छन् । उनी १४ बलमा १४ रन बनाएको अवस्थामा आउट भए ।

ताजा अवस्थामा कर्णालीले ५ ओभर ब्याटिङ गर्दै २ विकेटको क्षतिमा २९ रन बनाएको छ । उसले  दुवै ओपनर गुमाएकाले अब दबाबमा परेको छ ।  अहिले क्रिजमा चाडविक वाल्टन र बाबर हायत छन् ।

यो खेलमा जनकपुरबाट अनिल साह र कर्णालीबाट साेमपाल कामीले नेतृत्व गरेका छन् ।

जनकपुर बाेल्ट्स 

आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।

कर्णाली याक्स

सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान), विपिन शर्मा (आइकोनिक)।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १ : २४ बजे

तनावपूर्ण खेलमा आर्सनलको जित

काठमाडौं – इङ्लिस प्रिमियर सिपको शनिबार राति भएको खेलमा रिकार्डो

रविमाथि आज पनि थुनछेक बहस हुँदै  

बुटवल– रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी

राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज

चेल्सीविरुद्ध सिटीको शानदार जित

काठमाडौं – म्यानचेस्टर सिटीले चेल्सीविरुद्ध ३–१ गोल अन्तरको शानदार जित

कांग्रेस संसदीय दलको बैठक बस्दै, संसदमा खेल्ने भूमिकाबारे रणनीति तय गर्ने

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक