विराटनगर– मोरङको ग्रामथान गाउँपालिकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् । कांग्रेसको पकड क्षेत्रका रुपमा अथ्याइदै आएको ग्रामथानमा कांग्रेसबाट माओवादी केन्द्रले ग्रामथान गाउँपालिकाको अध्यक्ष पद खोस्न सफल भएका हो । माझी ६९६९ मतसहित विजयी भएका हुन् ।
दोस्रो स्थानमा रहेका कांग्रेसका बलराम सरदार थारुले ५३३३ मत ल्याए। एमालेका तुलसीराम विश्वासले ४१५९ मत ल्याएका छन् ।
ग्रामथानमा २०७० को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए । माओवादीका विजयकुमार सरदार तेस्रो भएका थिए ।
माओवादीले पुराना कांग्रेस कार्यकर्ता माझीलाई पार्टीमा भित्र्याउँदा ग्रामथानमा जित निकाल्न सफल भएको हो । २०७९ को निर्वाचनमा फराकिलो अन्तर मतले माओवादी तेस्रो बनेको थियो। तर, यस पटककको उपनिर्वाचनमा माओवादीले माझीलाई उम्मेदवार बनाए कांग्रेस –एमाले गढमा धावा बोलेको थियो ।
लामो समय कांग्रेस राजनीतिमा रहेका उनी २०५४ को स्थानीय निर्वाचनमा तत्कालीन लखन्तरी गाविसको अध्यक्षमा कांग्रेसबाटै निर्वाचित भएका थिए।
२०५४ मा निर्वाचित माझीको कार्यकाल २०५९ मा सकियो। स्थानीय निर्वाचन लामो समयसम्म भएन, स्थानीय निकाय जनप्रतिनिधिविहीन बने। त्यो रिक्तताका बेला माझी वैदेशिक रोजगारीका लागि विदेशिए। विदेशबाट फर्किएर पुनः कांग्रेसको राजनीतिमा सक्रिय बनेका माझी २०७४ को स्थानीय निर्वाचनमा त्यसबेला गाउँपालिका भइसकेको ग्रामथानमा वडाध्यक्ष बन्न चाहन्थे।
तर कांग्रेसले टिकट नदिएपछि चुनावभन्दा केही समय अघिमात्रै उनी विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक प्रवेश गरेर ग्रामथान १ को वडाध्यक्षको उम्मेद्वार बनेका थिए। थारू बहुल ग्रामथानलाई आफ्नो परम्परागत गढ मान्दै आएको कांग्रेसका उम्मेद्वारलाई पराजित गर्दै थारु समुदायकै माझी वडाध्यक्षमा निर्वाचित भएका थिए।
यसबीचमा विजयकुमार गच्छदार पुनः कांग्रेसमै फर्किए। उनकै पार्टीबाट वडाध्यक्ष रहेका माझी पनि सोही प्रक्रियामार्फत स्वतः कांग्रेसमा फेरि जोडिए। २०७० को स्थानीय चुनावमा पनि माझीले कांग्रेसबाट वडाध्यक्षको टिकटको चाहना राखेका थिए। तर कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र चुनाव लडेका थिए।
२०५४ मा गाविस अध्यक्ष र २०७४ मा वडाध्यक्षमा निर्वाचित माझी २०७९ मा भने पराजित भए। यसअघिको स्थानीय निर्वाचनमा पराजित बनेपछि राजनीतिक रुपमा कतै आबद्ध नरहे पनि उनी गाउँमा भने सक्रिय नै थिए।
गत भदौ अन्तिममा मात्रै माझी पालिका अध्यक्षको उम्मेद्वार बन्ने शर्तमा मओवादीमा माझी प्रवेश गर्न तयार भएका थिए । पूर्वसहमति अनुसार नै माओवादीले उनलाई उम्मेदवार बनायो।
कात्तिक ५ मा ग्रामथानमै सार्वजनिक कार्यक्रम गरेर माओवादीले उनलाई अध्यक्षको उम्मेद्वार घोषणा गरेको थियो । माओवादीभन्दा धेरै पछि मात्रै कांग्रेस र एमालेले उम्मेद्वारी टुंगो लगाएका थिए।
यी दुई दलले उम्मेदवारी टुंगो लगाउँदै गर्दा माओवादी उम्मेदवार माझीले भने एकचरण घरदैलो भ्याइसकेका थिए। माओवादीबाट माझी उम्मेद्वार बनाएर आक्रामक प्रचार र संघीय सांसद अमनलाल मोदीको जबर्जस्त प्रभावका कारण तेस्रो स्थानमा रहेको माओेवादी दोस्रो हुँदै पहिलो हुनसक्ने आंकलन यस अद्दि नैपनि हुन थालेको थियो ।
विगतमा पालैपालो ग्रामथानमा सत्ता चलाएका पहिलो र दोस्रो पार्टी एमाले र कांग्रेस तेस्रो स्थानको माओवादीप्रति आक्रामक हुनुको अर्थ त्यहाँ प्रतिस्पर्धामा माओवादी आइसकेको बुझ्न गाह्रो थिएन्। माओवादीको लागि ग्रामथान उपनिर्वाचनमा प्रतिस्पर्धात्मक कसरी बन्दै आयो । यसको केही आधारहरु छन् ।
अमललाल मोदी देशभरको थारु समुदायमा एक उच्च तहको नेताको रुपमा स्थापित छन् । एक हिसावले भन्नुपर्दा मोदी त्यो समुदायको नेता हुन् र उनलाई ग्रामथानका सबै स्थानीय थारु नेताहरुले पनि नेता नै मान्छन् । ग्रामथानको उपनिर्वाचनमा मोदीले माओवादीका नमोनारायण माझीलाई काँथ थापिरहेका थिए ।
२०७९ सालको निर्वाचनमा एमाले भर्सेस काँग्रेस–माओवादी गठबन्धन प्रतिस्पर्धामा थिए । उम्मेद्वार माझी आफैँ पनि हक्की र निडर व्यक्ति हुन् । कांग्रेसी विगत भएपनि उनले केही समय अगाडि पालिका अध्यक्ष तथा कर्मचारीहरुले सेवाग्राहीलाई दुःख दिएको भन्दै स्थानीय जनतालाई बटुलेर पालिका कार्यालय घेराउ गरेका थिए ।
त्यसबेला उनले पालिका अगाडि हुलहुज्जत गरेको, जनप्रतिनिधिलाई अपशब्द बोलेको भन्दै उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा पनि परेको थियो। त्यसले पनि उनी जनताको पक्षमा लड्छन् भन्ने प्रभाव छोड्न सफल भए । जुन उनका लागि प्लस पोइन्ट हो ।
नमोनारायणको सकारात्मक पक्ष भनेको अमनलाल मोदीको क्याल्कुलेटिभ रणनीति हो । यसअघिका चुनावमा भोट गनेर बिग्रिएका मतदाता अर्कोतिरबाट पूर्ति गर्ने र सो क्षेत्रको सूचनामा अत्याधिक पहुँच राख्ने भएको कारण ३ हजारभन्दा बढी मतअन्तर अन्य पार्टीको माओवादीले चोर्न सफल भएको देदिन्छ ।
योसगै ग्रामथानको उपनिर्वाचनमा स्वतन्त्र ढंगले बसेका कतिपय मामओवादी समर्थकहरु पनि चुनावी अभियानमा लागेका थिए् ।जसलले मओवादीलाई भित्री रुपमा सहयोग गरेका थिए ।खास गरी ग्रामथानको पहाडे समुदायमा कम प्रभाव रहेको माओवादीले स्वतन्त्र ढंगले बसेका माओवादी समर्थकहरुलाई परिचालन गरेको थियो ।
कांग्रेस र एमालेमा भएको अन्तरविरोधको फाइदा पनि ग्रामथानको उपनिर्वाचनमा माओवादीलाई मिलेको छ । एमालेमा देखिएको चरम असन्तुष्टी र गुटगत अवस्थाले त्यो मत माओवादीलाई गएको देखिन्छ ।
कांग्रेसमा पनि उम्मेद्वारको नेतृत्व क्षमता कमजोर भएको र चुनावी कमाण्डरहरु सशक्त नदेखिँदा आफ्ना भोट एकै ठाउँमा राखिरहन नसक्नुलेपनि कांग्रेसको केही भोट बरालिए र मओवादीमा गएको अनुमान छ।
यसैगरी यसपटकको ग्रामथानको निर्वाचनमा कांग्रेसको भोट रास्वपा, नागरिक उन्मुक्ति, राप्रपा र माओवादीले पनि काटेकाले कांग्रेसको भोट बाँडिने देखिन्छ । यी र यस्तै अवस्थामाका कारण मुलतः कांग्रेसको गढका रुपमा अथ्याइदै आएको ग्रामथानको उपनिर्वाचनमा माओवादीलाई फाइदा मिलेको देखिएको छ ।
ग्रामथानमा मतदाताको संख्या २७ हजार ४३९ छ । २०७९ सालको निर्वाचनमा उक्त पालिकाको अध्यक्षमा काङ्ग्रेसका जयप्रकाश गच्छदार थारु ७ हजार ६०५ मत ल्याएर विजयी हुँदा, एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ र माओवादीका विजयकुमार सरदारले २ हजार ७२७ मतमात्रै ल्याएका थिए ।
पालिकाको ७ वटा वडामध्ये एमालेले ५, कांग्रेसले १ र माओवादी केन्द्रले १ वडाध्यक्ष जित निकालेको थियो। वडाध्यक्षका उम्मेदवारले पाएको मत जोड्दा उक्त पालिकामा कांग्रेसको ५ हजार ५३७, एमालेको ६ हजार ७६३ र माओवादी केन्द्रको २ हजार ६६५ मतमा मात्र सिमित देखिएको थियो।त्यसबेला १ नम्बर वडामा स्वतन्त्र उम्मेदवार बनेका नमोनारायण माझीको मत जोड्ने हो भने माओवादीको मत ३ हजार २१९ पुग्ने देखिन्छ ।ग्रामथानको मत हरेको निर्वाचनमा बरालिएके देखिन्छ ।
२०७४ सालको निर्वाचनमा भने उक्त पालिकामा एमाले विजयी बनेको थियो । त्यसबेला एमालेका शिवनारायण माझी थारुले ४ हजार ७२० मत ल्याउँदा मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का जयप्रकाश गच्छदार थारुले ४ हजार ६६१ र कांग्रेसका कृष्णकुमार सरदार थारुले ३ हजार १४३ मत पाएका थिए।
त्यसबेला माओवादी केन्द्रका उम्मेदवार रमेशकुमार भगतले भने १ हजार ६०२ मतमात्रै ल्याएका थिए । २०७९ सालको निर्वाचनमा एमालेका धेरै वडाध्यक्षहरु विजयी भएपनि कार्यपालिका र नगरसभामा कांग्रेसकै बहुमत छ ।
यसकारण उक्त पालिकाको विगतको चुनावी अंकगणित हेर्दा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो देखाउँदै आएको थियो। यो तथ्याङ्क माओवादीको लागि नकारात्मक पक्ष भएपनि यसअघिको हारको बदला लिन माओवादी यस पटकको निर्वाचनमा सफल भएको देखिएको छ ।