काठमाडौं – रोल्पा प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक ललीत कुमार बुढाथोकी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढाथोकीलाई २५ हजार घुससहित पक्राउ गरेको हो ।
बुढाथोकीले सवारी साधन आवतजावत सहज गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ ।
आयोगको बुटवल कार्यालय र नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले बुढाथोकीलाई रोल्पा नगरपालिका-४ स्थित निवासबाट घुस रकमसहित पक्राउ गरेको हो। सो विषयमा थप अनुसन्धान भइरहेको छ ।