दोलखा– दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले जारी गरेको पछिल्लो मत परिणामअनुसार यहाँ केहीबेर अघिबाट नेकपा एमालेले अग्रता बनाएको छ ।
यसअघि माओवादीले अग्रता लिइरहेको अवस्थामा अब एमालेले अघि लागेको हो ।
ताजा अवस्थामा एमालेकी उममा लुङ्गेली मगर शेर्पाले १९ सय ७२, माओवादीकी निमलेकी शेर्पाले १९०६ मत र नेपाली कांग्रेसकी पसादिकी तामाङले १२ सय ८१ मत ल्याउन सफल भएका छन् ।
अहिलेसम्म गौरीशंकर १ देखि ६ नम्बर वडासम्मको मत गनेर सकिएको हो ।