तस्वीर : डायनामो कीव

खेलकुद

स्पेनिस ला लिग : गेटाफेमाथि रायो भ्यालेकानोको जित

By खबरहब

January 03, 2024

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रायो भ्यालेकानोले गेटाफेमाथि सहज जित निकालेको छ ।

गए राति भएको खेलमा गेटाफेलाई २–० गोलले हराउँदै भ्यालेकानो विजयी भएको हो ।

भ्यालेकानोका लागि सर्जियो क्यामेलेले दुई गोल गरेका थिए । उनले पहिलो हाफको इन्जुरी समय सुरुवाती गोल गरेका थिए भने ४७औँ मिनेटमा दोस्रो गोल गरेका थिए ।

त्यसपछि खेलमा दुवैतर्फबाट थप कुनै गोल नभए पछि रायो भ्यालेकानो २–० गोलले विजयी भयो ।

यो जितसँगै रायो भ्यालेकानो १९ खेलबाट २३ अंक जोडेर तालिकाको ११औँ स्थानमा छ । पराजित भएको गेटाफे २६ अंकसहित आठौँ स्थानमा छ ।