ब्रेकिङ स्टोरी

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित)

By खबरहब

January 03, 2024

काठमाडौं – न्याय परिषद्को बैठकले देशभरका उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ। परिषद्को आज बसेको बैठकले उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो ।

उच्च अदालतमा नियुक्त न्यायाधीश मध्ये जिल्ला न्यायाधीशबाट २६ जना रहेका छन्। परिषद्ले कानुन व्यवसायीबाट ९ जनालाई उच्चको न्यायाधीश नियुक्त गर्ने निर्णय लिएको छ।

कर्मचारीतर्फबाट ४ जनालाई उच्चको न्यायाधीशमा नियुक्त गर्ने परिषद्ले निर्णय गरेको छ ।