राजनीति

राष्ट्रियसभा निर्वाचनको भागबण्डा मिलाउन गठबन्धन बैठक जारी

By खबरहब

January 03, 2024

काठमाडौं – राष्ट्रियसभा निर्वाचनको भागबण्डा मिलाउन गठबन्धन दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । 

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे तीन बजेबाट सुरु भएको हो ।

बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी भएका छन् । राष्ट्रियसभाको भागबण्डा मिलाउन मंगलबार र बुधवार बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबीच मात्र छलफल भएको थियो । 

कांग्रेस र माओवादीका नेताहरूको छलफलपछि गठबन्धनमा छलफल गरेर आज साँझ पाँच बजे एमालेसहित  बैठक बोलाउने सहमति भएको छ ।

यो पनि …

राष्ट्रियसभा चुनाव : एमालेको कसरतले फेर्ला त गठबन्धनको कोर्स ?