अपराध

कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ  

By खबरहब

January 03, 2024

काठमाडौं– कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल कागेश्वरी मनोहरा गोठाटार बस्ने २२ वर्षीय कैलाश गिरी रहेका छन् ।

गिरीले भाष्कर दत्त भट्टलाई वैदेशिक रोजगारीको लागि कतार पठाइदिन्छु त्यसको लागि ३ लाख रुपैयाँ लाग्छ र कतार पुगेपछि ड्राइभरको काम लगाइदिन्छु जहाँ मासिक ८० हजार रुपैयाँ भन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पारी २ लाख ९४ हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार कागेश्वरी मनोहरा गोठाटारबाट पक्राउ गरेको हो

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।