राजनीति

कांग्रेस, माओवादीसँग छलफल गर्न ओली बालुवाटारमा

By खबरहब

January 03, 2024

काठमाडौं– राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ चार दलका नेताहरूसँग छलफल गरेलगत्तै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।

अब नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल हुनेछ । यसअघि आज बिहान कांग्रेस र माओवादीबीच छलफल भएको थियो । दुई दलको सहमतिअनुसार सत्तारुढ चार दलको बैठक बसेको थियो ।