अन्तर्राष्ट्रिय

रणनीतिक सुरक्षा तथा रक्षा सहकार्यबारे भारत र ईयूबीच छलफल

By खबरहब

January 03, 2024

नयाँ दिल्ली- भारत र युरोपेली युनियन ईयूबीच रणनीतिक सुरक्षा तथा रक्षा सहकार्यबारे छलफल भएको छ । भारतीय चिफ अफ डिसेफन्स स्टाफ जनरल अनिल चौहानको जापान भ्रमणका क्रममा त्यहाँ पुगेकी युरोपेली संसदको सुरक्षा र रक्षासम्बन्धी उपसमितिकी अध्यक्ष नटाली लोइसेउबीच छलफल भएको हो ।

छलफलका क्रममा हिन्द प्रशान्त क्षेत्रमा सहकार्य अभिवृद्धि, आपसी सहयोगका नयाँ क्षेत्रको पहिचानका साथै रक्षा उद्योगमा सहकार्यका विषयमा पनि कुराकानी भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

जापानमा रहँदा जनरल चौहानले हिरोशिमास्थित शान्ति वाटिका र गान्धीको प्रतिमामा माल्यार्पण गरेको र जापानी रक्षा अधिकारीहरुसँग पनि वार्ता गरेको एएनआईले उल्लेख गरेको छ । जापानी रक्षा अधिकारीहरुसँगको वार्ताका क्रमका पनि चौहानले रक्षा सहयर्काबारे छलफल गरेका थिए ।