तस्बिर- एएनआई

अन्तर्राष्ट्रिय

अफगान जनताको साथमा छौँ : भारत

By खबरहब

January 03, 2024

नयाँ दिल्ली- भारतले आफ्नो मुलुक अफगान जनताको साथमा रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदलाई सम्बोधन गर्दै राष्ट्रसंघका लागि भारतीय प्रतिनिधि रुचिरा कम्बोजले भारत सदैव अफगान जनताको पक्षमा रहेको बताएकी हुन् ।

उनले अफगानिस्तानमा व्याप्त आतंकवाद एवम् प्राकृतिक प्रकोपका कारण अफगान जनताले चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै त्यहाँ अन्तर्राष्ट्रिय चासो र सहयोग आवश्यक रहेकोमा जोड दिइन् ।

सँधियार छिमेकी र अफगान जनताको मित्र पनि भएकाले अफगानिस्तानमा शान्ति र स्थायित्वमा भारतको प्रत्यक्ष सरोकार पनि रहेको उनले बताइन् । उनले अफगानिस्तानमा मानवीय संकट बढ्दै गएकोमा चिन्ता व्यक्त गरिन् ।

खासगरी तीन महिनाअघि त्यहाँ गएको ६ दशमलव ३ म्याग्निच्युडको भकम्पबाट प्रभावितहरु अवस्था दयनीय रहेको उनको भनाइ थियो ।