खेलकुद

आहा रारा गोल्डकप : उपाधिका लागि आर्मी र थ्रीस्टार भिड्दै

By खबरहब

February 03, 2024

काठमाडौँ– २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताकाे फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

हालसम्म चार पटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको आर्मी यसपटक उपाधि जितेर इतिहास रच्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । आर्मी यसअघि विसं २०६५, २०६६, २०७२ र  २०७५ सालमा प्रतियोगिताको फाइनलमा पुगेको थियो । चारैपटक उसले उपाधि जित्न सकेन ।

यसअघि पाँच पटक उपाधि जितिसकेको थ्रीस्टार आज छैटौँ उपाधिको खोजीमा रहेको छ । थ्रिस्टारले विसं २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा प्रतियोगिताको उपाधि चुमेको छ ।

थ्रीस्टार प्रतियोगितामा छैटौँ पटक उपाधि जित्दै सर्वाधिक सफल क्लबको पहिचान स्थापित गर्ने योजनामा छ ।

यही माघ ९ गतेदेखि सुरु भएको १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ नगदसहित ट्रफी पुरस्कार पाउने छन् ।