समाचार

आन्तरिक राजस्व विभागको महानिर्देशकमा भुपाल बराल

By खबरहब

February 03, 2024

काठमाडौं– आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी भुपाल बराललाई दिइएको छ । 

महानिर्देशकको जिम्मेवारी दिँदै सहसचिव बराललाई आन्तरिक राजस्व विभागमा सरुवा गरिएको बताइएको छ । 

अर्थमन्त्री प्रकाशशरण महतले शुक्रबारबाट लागू हुनेगरि जिम्मेवारी दिएको अर्थ मन्त्रालय सचिवालयले जनाएको छ । 

यसअघिका महानिर्देशक दीर्घराज मैनालीलाई अर्थ मन्त्रालय पठाइएको छ ।