समाचार

रास्वपाको दबाब यात्रामा कहाँ को नेता खटिन्छन् ? सूचीसहित

By खबरहब

February 03, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा गर्ने नेताहरूको जिम्मेवारी र क्षेत्र टुङ्ग्याएको छ । 

रास्वपाले २१ माघदेखि विकास आयोजनाहरूमा दबाब यात्रा सुरु गर्ने भएको छ।

२१ माघमा सभापति रवि लामिछानेले मेलम्ची खानेपानीको आयोजनाबाट दबाब यात्राको सुरुवात गर्ने पार्टीका महामन्त्री मुकुल ढकालले खबरहबलाई बताए । 

उनका अनुसार पहिलो दिनको दबाब यात्रामा उपलब्ध हुने सबै नेता तथा सांसदहरूको उपस्थिति रहने छ  । 

दबाब यात्रामा २० सांसद र महामन्त्रीलाई  अगुवाइको जिम्मेवारी दिइएको छ  ।